देश, समाज
१० मंसिर २०८०, आईतवार ०७:५४
13 views 0 secs 0

काठमाडौँ र झापाका दुई दृश्य : दुर्गा प्रसाईंको गुनासो, राप्रपाको उत्साह !

१० मंसिर, काठमाडौँ। गत बिहीबारदेखि मेडिकल व्यवसायीसमेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान, नेपालका संयोजक दुर्गा प्रसाईंले काठमाडौँमा आन्दोलन गर्दै आएका छन् । उनको आन्दोलनलाई केही राजावादीहरूको साथ रहेको भनिए पनि राजावादी पार्टी राप्रपाले भने संस्थागत रूपमा साथ दिएको छैन । यस्तै स्वयम् पूर्वराजा ज्ञानेन्द्र शाह पनि प्रसाईंको आन्दोलनप्रति मौन छन् । […]

देश, समाज
१० मंसिर २०८०, आईतवार ०७:४०
21 views 0 secs 0

२६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन नआए कारबाही गरिने

१० मंसिर, काठमाडौँ। सम्पर्कमा नरहेका २६ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न  नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले अनुरोध गरेको छ । कार्यालय आज सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन अल्टिमेटम दिएको हो । प्रहरी नियमावली २०७१ को नियम ११५ को  (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत […]

देश, समाज
९ मंसिर २०८०, शनिबार १८:०१
11 views 0 secs 0

२४ घण्टा नै खुल्न थाल्यो त्रिविको पुस्तकालय

९ मङ्सिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय २४सै घण्टा सञ्चालनमा आएको छ । विद्यार्थीलाई पठन संस्कृतिमा सहज बनाउनका लागि पुस्तकालय २४ घण्टा नै सञ्चालनमा ल्याइएको हो । पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पढ्ने मानिसलाई सहजताका लागि पुस्तकालयको तीन अध्ययन कक्ष सातै दिन २४सै घण्टा नै खुला गरिएको जानकारी दिए । उनका अनुसार स्वतन्त्र विद्यार्थी […]

देश, समाज
९ मंसिर २०८०, शनिबार १६:०१
9 views 1 sec 0

७२ घण्टासम्म भोकै बस्यो भने शरीरमा के हुन्छ ?

९ मंसिर, काठमाडौँ । तपाईं ७२ घण्टासम्म केही पनि नखाई भोकै बस्न सक्नु हुन्छ ? तीन दिनसम्म अन्नपात नखाई कन पानी मात्रै खाएर ब्रत बस्यो भने शरीरमा के होला ? पछिल्लो समय हामीले इन्टरमिटेन्ट फाष्टिङ, ७२ घण्टासम्म अन्न नखाई बसिने व्रत आदिबारे सुन्दै आएको छौँ । यस्तो खालको व्रतले हाम्रो शरीरमा अनेकौँ प्रभाव पार्न सक्छ […]

देश, समाज
९ मंसिर २०८०, शनिबार १५:५५
9 views 0 secs 0

काभ्रेमा ९ प्रतिभालाई सम्मान

९ मंसिर, काठमाडौँ । काभ्रेपलाञ्चोककमा नौ प्रतिभालाई सम्मान गरिएको छ । बनेपास्थित शब्दयात्रा प्रकाशनले चार जनालाई विद्वतवृत्ति, तीन जनालाई कदरपत्र र दुई जनालाई छात्रवृत्तिले सम्मान गरेको हो । शब्दयात्रा–सुभास खड्का अनुसन्धान विद्वतवृत्ति सम्मान कवि कालिका त्रिपाठी पन्त, शब्दयात्रा–राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति सम्मान उद्धवप्रसाद नेपाल, शब्दयात्रा–प्रा केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति अमृका ताम्राकार […]

देश, समाज
९ मंसिर २०८०, शनिबार १५:४४
12 views 0 secs 0

कोशी प्रदेशसभामा बजेट प्रतिस्थापन विधेयक पेश

९ मंसिर, काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आर्थिक वर्ष २०८०/८१ को  बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रदेशभा बैठकमा पेश गरेका छन् । शनिबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्की अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेका हुन् । कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० […]

समाज
९ मंसिर २०८०, शनिबार १४:४६
14 views 0 secs 0

जातीय विभेद कसुरमा वडाध्यक्ष अधिकारीलाई साढे ४ महिना कैद

पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारी जातीय विभेदको कसुरमा दोषी ठहर भएका छन्। जिल्ला अदालत, कास्कीले वडाध्यक्ष अधिकारीलाई जातीय विभेदमा दोषी ठहर गरी ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। आफ्नै वडा सदस्यमाथि विभेद गरेको अभियोग लागेका अधिकारीलाई न्यायाधीश अवन कोइरालाको इजलासले ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना तिरे […]

समाज
९ मंसिर २०८०, शनिबार १४:०८
12 views 0 secs 0

डाँका पक्रेको खुसीयालीमा बन्दुक पड्काउँदा…

९ मंसिर, काठमाडौँ। महोत्तरीमा प्रहरी चौकी इन्चार्जको पेस्तोल पड्केर गोली लाग्दा एक प्रहरी जवान घाइते भएका छन्। एकडारा गाउँपालिका–४ स्थित हलखोरी प्रहरी चौकीका इन्चार्ज असई रामईश्वर प्रसाद यादवको पेस्तोल पड्केर प्रहरी जवान राजेशकुमार साह घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार डाँकालाई पक्रेर ल्याएको खुसीयालीमा असई यादवले पेस्तोल पड्काएका थिए। गत […]

देश, समाज
९ मंसिर २०८०, शनिबार १२:५१
18 views 0 secs 0

भक्तपुर नगरपालिका : नजाने गाउँको बाटो

भक्तपुर नगरपालिकाबाट के सिक्ने ? भक्तपुरबाट किन सिक्ने ? भक्तपुर के हो र सिक्ने ? भक्तपुरको आगत र विगत के हो ? आजको दलाल, आसेपासे पुँजीवादी समाजमा समाजवादउन्मुख मोडल सिकाइको के अर्थ ? भक्तपुरको मोडल प्रतिलिपि उतार गर्दा अन्य स्थानीय तहको प्रगति र उन्नति सम्भव छ ? भक्तपुरको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, जनसांख्यिक तस्बिर एवं […]

देश, समाज
९ मंसिर २०८०, शनिबार ११:४८
14 views 0 secs 0

उर्लाबारी आगजनी घटना : थप १ जनाको मृत्यु

विराटनगर । मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मी पूजाको दिन भएको आगलागीको घटनामा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ । उर्लाबारी ७ का ६८ वर्षीय रुकुमबहादुर कार्कीको काठमाडौँको कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएपछि सो घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । आईसीयूमा उपचाररत कार्कीको शनिबार बिहान […]