
मुक्तक १
ठिकै छ भनेर बस्नुपर्छ परदेशमा
कामदार बनेर बस्नुपर्छ परदेशमा
बर्ष त् धेरै महिनाको भयो मोहदय,
हप्ता दिन गनेर बस्नुपर्छ परदेशमा ।
मुक्तक २
जन्मभूमि अटाउँन सकिन मैले पनि
कमाएको बचाउँन सकिन मैले पनि
जग्गा धितो राखेर भासिए परदेश तिर,
तर भाग्य सच्याउन सकिन मैले पनि ।
मुक्तक ३
दशैं तिहार आए दुखी रहन्छ मनमुटु
यस्तै भाग्य पाए खुसी रहन्छ मनमुटु
गुणस्तर हैन भाग्य तिम्रो छोराको आमा,
मीठो मसिनो खाए सुखी रहन्छ मनमुटु ।
मुक्तक ४
आँसुहरू लुकाउने काम नगर्नु आमा
सबै वेदना छुपाउने काम नगर्नु आमा
छोरा परदेश बसेर अनुभवी भैसक्यो अब,
छोरालाई दु:ख बुझाउने काम नगर्नु आमा ।
✍🏿 नविन बोहरा त्रिवेणी गा.पा. ५ सल्यान