थप आकाशे पुल निर्माण गर्ने महानगरको तयारी: कहाँ कहाँ बन्दैछ ?
काठमाडौं – काठमाडौँ महानगरपालिकाले थप केही स्थानमा आकाशे पुल निर्माण गर्ने तयारी गरेको छ । हाल काठमाडौं उपत्यकामा १० वटा आकाशे पुल छ । केही समय अघि कलंकी चोक र कमलपोखरीमा रहेको पुल भत्काएपछि हाल दश वटा मात्र सञ्चालनमा रहेको हो । तीमध्ये रत्नपार्क, वीरअस्पताल अगाडि र भृकुटीमण्डलगायत स्थानमा रहेको पुल जीर्ण भइसकेका छन् । […]