
एजेन्सी,माघ २२ – इंग्लिस प्रिमियर लिग फुटबलले आर्सनल शीर्षस्थानमा रहेको चेल्सीसँग पराजित भएको छ । शनिबार भएको खेलमा चेल्सीले आर्सनललाई ३-१ गोलले पराजित गरेको छ । खेलको १३ औँ मिनेटमा चेल्सीले अग्रता लिएको थियो । चेल्सीलाई अलन्सोले गोल गर्दै अग्रता दिलाए ।
खेलको ५३ औँ मिनेटमा हाजार्डले अग्रता दोब्बर पारे । ८५ औँ मिनेटमा फ्याब्रिगासले गोल गर्दै जित सुनिश्चित गरे । आर्सनलको लागि खेलको अतिरिक्त समयमा आर्सनलका जिरार्डले सान्तोना गोल फर्काए ।
जितसँगै चेल्सी५९ अंकसहित लिगको शीर्षस्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको आर्सनलभन्दा १२ अंकले अघि छ । दोस्रो स्थानमा रहेको टोटेनह्यामको पनि आर्सनलकै समान ४७ अंक छ ।