भूकम्प, मृत्यु
१४ मंसिर २०८०, बिहीबार २१:२२
9 views 0 secs 0

जाजरकोट भूकम्प : चिसोले कठ्यांग्रिएर एक बालिकाको मृत्यु

१४ मंसिर, काठमाडौँ। जाजरकोटको कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ। गाउँपालिका–१ स्याग्रीका सुनील बादीकी ३ वर्षीया छोरी रक्षाको चिसोले कठ्यांग्रिएर बुधबार मृत्यु भएको हो। निमोनियापछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए। गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो।

दुर्घटना, भूकम्प
१३ मंसिर २०८०, बुधबार १८:४८
3 views 0 secs 0

भूकम्प पीडितको त्रिपालको टहरामा आगलागी, धनमाल जलेर नष्ट

जाजरकोटको नलगाड नगरपालिका–६, को भारगाउँमा भूकम्प प्रभावित बस्दै आएको त्रिपालमा आगलागी भएको छ । मंगलबार साँझ खाना पकाउने क्रममा एक्कासी आगलागी भएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी सहायक निरीक्षक रगुविर केसीले  जानकारी दिए । भूकम्पबाट प्रभावित उनीहरु नाताले दाइ भाइ पर्छन् । दुवैको घर गत कार्तिक १७ गते मध्यरातीको भूकम्पले भत्काएको थियो । त्यसपछि उनीहरु त्रिपालमा […]

भूकम्प
१२ मंसिर २०८०, मंगलवार १५:१०
7 views 1 sec 0

भूकम्प पीडितलाई टानको ५ लाख सहयोग

१२ मंसिर, काठमाडौँ।  ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले भूकम्प पीडितका लागि पाँच लाख ५ हजार ५५५ रूपैयाँ हस्तान्तरण गरेको छ। जाजरकोट र रूकुमका भूकम्प प्रभावितहरूका लागि टानले मंगलबार प्रधानमन्त्री राहत कोषमा ५ लाख ५ हजार ५५५ रूपैयाँ जम्मा गरेको हो। टानका अध्यक्ष निलहरी बास्तोलाले मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उक्त रकम बराबरको चेक […]

भूकम्प
९ मंसिर २०८०, शनिबार १०:००
6 views 0 secs 0

देउसीभैलोको रकम भूकम्पप्रभावितलाई

९ मंसिर, काठमाडौँ। पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितलाई प्रदान गरेको छ। तिहारमा देउसी खेलेर सङ्कलन भएको रु ५५ हजार पाँच सय ५५ भूकम्पप्रभावितलाई प्रदान गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले  जानकारी दिए। क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको उनले बताए।

भूकम्प
७ मंसिर २०८०, बिहीबार ०८:२५
2 views 0 secs 0

भूकम्पबाट प्रहरी कार्यालय भत्किएपछि त्रिपालबाटै काम

७ मंसिर, काठमाडौँ। जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक  भीमप्रसाद ढकालले जानकारी दिए। प्रहरी कार्यालयमा क्षति पुगेसँगै प्रहरी त्रिपालको सहारामा काम गर्न बाध्य भएका छन्। […]

भूकम्प, मृत्यु
५ मंसिर २०८०, मंगलवार १३:१७
5 views 0 secs 0

कठ्यांग्रिने जाडोमा त्रिपालमुनि गइरहेको छ भूकम्पपीडितको ज्यान

५ मंसिर, काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ८ टापु गाउँकी विष्णुकुमारी खत्री केही वर्षयता दमको रोगी थिइन्। बेला-बेलामा बाँकेको नेपालगञ्ज पुगेर उपचार गराइरहेकी ७० वर्षीया खत्रीले नियमित औषधि सेवन गर्थिन्। साँझ–बिहान घरमै न्यानो पारेर बस्थिन्। कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्र भएर गएको भुइँचालाले उनको घर चर्कियो। घर धरापजस्तो बनेपछि उनको परिवार त्यही […]

भूकम्प, मृत्यु
५ मंसिर २०८०, मंगलवार ११:०३
6 views 0 secs 0

भूकम्प पिडितको त्रिपालमा बास; चिसोका कारण जाजरकोटमा एक महिने शिशुको ज्यान गयो

५ मंसिर, काठमाडौँ। चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनकी एक महिने छोरी निरुताको चिसोका कारण ज्यान गएको हो । चिसोका कारण केही दिनदेखि बिरामी भएकी छाेरीकाे जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा आज साेमवार ज्यान गएको हो । […]

आर्थिक, भूकम्प
४ मंसिर २०८०, सोमबार १८:००
4 views 0 secs 0

भूकम्पपिडितका टहरा बनाउन पाँच जिल्लामा सरकारले पठायो एक अर्ब ४२ करोड

४ मंसिर, काठमाडौँ। सरकारले भूकम्पपीडितका टहरा निर्माणका लागि पाँच जिल्लामा पैसा पठाएको छ।सरकारले भूकम्पपीडितका टहरा निर्माणका लागि पाँच जिल्लामा पैसा पठाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको हो। जाजरकोट, रूकुम पश्चिम, बझाङ, बाजुरा र सल्यान जिल्ला प्रशासन कार्यालयमा पैसा पठाइएको हो। […]

भूकम्प
४ मंसिर २०८०, सोमबार १३:२३
3 views 0 secs 0

बझाङमा भूकम्प

४ मंसिर, काठमाडौँ। बझाङमा भूकम्प गएको छ। सोमबार बिहान ११ बजेर ३७ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। आइतबार रूकुम पूर्वमा दुई पटक भूकम्प गएको थियो। आइतबार दिउँसो २ बजेर ५९ मिनेटमा ४.३ म्याग्निच्युड र ४ बजेर ४७ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो। गत कात्तिक १७ गते जाजरकोट […]

भूकम्प, मृत्यु
४ मंसिर २०८०, सोमबार ०७:४२
3 views 0 secs 0

चिसोका कारण भूकम्पपिडितको मृत्यु

४ मंसिर, काठमाडौँ। अत्यधिक चिसोका कारण नलगाड नगरपालिका–८ टापुकी ७० बर्षीया विष्णुकमारी खत्रीको मृत्यु भएको छ। आइतबार बिहान खत्रीलाई उपचारका लागि लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको वडा अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए। यसअघि चिसोका कारण शनिबार तीन जनाको ज्यान गएको थियो। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ। यसअघि गत साता नलगाड भेरी र […]