457 views 0 secs 0 comments

रामेछाप जिल्लाको माथिल्लो भागमा हिमपात…

In देश
२४ पुष २०७६, बिहीबार ११:३२

रामेछाप जिल्लाको माथिल्लो भागमा हिमपात भएपछि जिल्लामा चिसो बढेको छ । बुधबार दिउँसोदेखि जिल्लाको बेंसी भागमा पानी परेको छ भने उच्च भागमा हिमपात भएको छ ।
सो क्षेत्रमा केही दिनयता बारम्बार हिमपात भइरहेको छ । चिसोको कारण बालबालिका, जेष्ठ नागरिक र दीर्घरोगीहरु बढी प्रभावित भएका छन् ।यसैगरी उमाकुण्ड गाउँपालिकाको गुम्देल, बाम्ति, प्रति, कुभुकास्थलीलगायतका क्षेत्रमा पनि हिमपात भएको छ । हिमपातको कारण यातायात आवागमनमा समेत असहज भएको उमाकुण्ड गाउँपालिका-१ का वडाअध्यक्ष शेर्पाले बताए ।