
भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासीका खरिदार नेत्रबहादुर चौधरी ४० हजार घुस रकमसहित पक्राउ परेका छन् ।मोही सम्बन्धी जग्गा बाँडफाँड गरिदिने वहानामा सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो ।सेवाग्राहीसँग पटक-पटक घुस माग्ने गरेको भन्ने सूचनाको आधारमा चौधरीलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।