662 views 3 secs 0 comments

रुकुममा मतपेटिकामा आगो

In देश, राजनीति, समाज
१० मंसिर २०७४, आईतवार १३:०४

मंसिर १०, २०७४-बाँफिकोट गाउँपालिका- ५, रुकुम पश्चिम रत्न आधारभुत विद्यालय ‘क’ केन्द्रको प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लागेको छ । मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ । मतदान अधिकृत नन्दलाल महतोका अनुसार उक्त पेटिकामा २५० मत खसेको थियो । अहिले मतदान कार्य स्थगित गरिएको छ ।

मत पेटिकाका ९० प्रतिशत मतपत्र जलेको आशंका गरिएको छ । मतदाताले नै एसिड वा अन्य केमिकल हालेको आशंका गरिएको छ । सलाई लाइटरलगायत ज्वलनशिल पदार्थ भित्र ल्याउन नदिईको सुरक्षा अधिकारीले दावी गरेको छ ।