जनयुद्धले हुर्काएकी योद्धाको अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्षमा उम्मेदवारी

In राजनीति
१३ आश्विन २०८१, आईतवार ०८:४४

असोज १३ काठमाण्डौं ।

प्रविणा अधिकारी जनयुद्धताका हुर्केकी विद्यार्थी नेता हुन् । उनले अनेरास्ववियु ( क्रान्तिकारी)को तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । कास्कीको माछापुच्छ्रे माओवादीको आधार इलाका थियो त्यही आधार इलाका वरिपरि उनको बाल्यकाल बित्यो । लाहाचोकको उनको घर तत्कालीन माओवादीको सम्पर्क स्थल थियो । थुप्रै कार्यकर्ताहरुको न्यानो र मायालु घर पनि थियो। माक्र्सवाद र साम्यवादका थुप्रै छलफल हुने गर्थे उनको घरमा ।

उनी सानै थिइन् । सानै भए पनि जिज्ञासु थिइन् । नयाँहरु कुरा खोज्ने उनको स्वभाव थियो । मध्य रातमा घण्टौ हुने छलफलहरु बिस्तारामा पल्टेर सुन्थिन् । कहिलेकाँही कुरा सुन्दा सुन्दै छर्लङ्ग उज्यालो भएको थाहै हुदैनथ्यो । बिहान अनिदो आँखा मिच्दै स्कुल पढ्न जान्थिन् । महिला आन्दोलन, वर्गसंघर्ष, समानता जस्ता शब्दको वास्तविक अर्थ उनले आफ्नै घरबाट सिकिन्।

बुवा जनयुद्धको सुरुवात सँगै युद्धमा होमिनु भयो।आमा पनि माओवादीकै महिला संगठनमा लाग्नु भयो। २०५७ साल जेठमा उनको घरमा तत्कालीन सत्ता र माओवादी कार्यकर्ताको दोहोरो भिडन्त भयो। बुबालाई सेनाले पक्रेर बेपत्ता बनायो।बुबालाई खोज्ने क्रममा केही महिना आमा पनि हराउनु भयो। घरमा साना दुई दिदी बैनी मात्रै ।प्रतिकुल परिस्थितिमा गाउँमा एक्लै संघर्ष गरेर पढेर प्रबिनाको ब्यक्तित्व खारिदै गयो। परिवर्तनका लागि सिंगो परिवार जनयुद्धमा होमिएको थियो।
प्रबिना अधिकारी सानै उमेर देखि अखिल ( क्रान्तिकारी ) मा रहेर काम गर्न थालीन् जनयुद्ध उत्कर्षमा बेला उनी सानै थिइन् ।सानै भए पनि कार्यक्रमहरु सेन्ट्री बस्ने गर्थिन् । उनले दु:ख गरेर अंग्रेजी साहित्यमा स्नातकोत्तर र कानुन र राजनीति सास्त्रमा स्नातक गरिन्। विद्यार्थीको हकहितको लागि सधैं अग्रमोर्चा अग्रसर प्रविना अलपत्र र समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्न अहोरात्र लाग्थीन् ।
अनेरास्ववियु क्रान्तिकारीको प्राक, क्षेत्रीय कमीटी, जिल्ला कमिटी, केन्द्रिय कमिटी संगठित हुँदै हाल केन्द्रिय उपाध्यक्ष छिन।अहिले हुँदै गरेको २३औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदको दाबेदार उम्मेद्बारीमा दिएकी छन् । उनलाई जितको शुभकामना !