विराटनगर: नेकपा एमालेका नेता एवम् प्रतिनिधिसभामा मोरंगको निर्वाचन क्षेत्र नम्बर ६ का उम्मेदवार लालबाबु पण्डित चढेको गाडीलाई लक्षित गरी मोरंगको बुढीगंगा गाउँपालिकामा बम विस्फोट गराइएको छ।
मंगलबार बिहान घरदैलो अभियानका लागि जाने क्रममा बुढीगंगा गाउँपालिका वडा नम्बर ५ जाने क्रममा हात्तीमुढा नजिकै बम विस्फोट भएको हो।
पण्डितका सहयोगी तथा विद्यार्थी नेता ओसम आलमले सवारीलाई लक्षित गरी बम विस्फोट गराइए पनि नेता पण्डित सकुशल रहेको बताए।
त्यहाँ सकेट बम विस्फोट भएको प्रहरीले जनाएको छ। पण्डितले घरदैलो अभियानलाई भने निरन्तरता दिइने बताएका छन्।