597 views 3 secs 0 comments

जितमा कुनै शंका छैन : बाबुराम

In देश, राजनीति, समाज
१० मंसिर २०७४, आईतवार १३:०६

मंसिर १०, २०७४-नयाँ शक्तिका संयोजक तथा लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोरखा–२ का उम्मेदवार डा. बाबुराम भट्टराईले आफ्नो जितमा कुनै शंका नभएको बताएका छन् ।

आइतवार गोरखाको पालुङटार नगरपालिकास्थित अन्नपूर्ण मावि, खोप्लाङमा रहेको मतदान केन्द्रमा मतदान पछि कान्तिपुरस‌ँग भने, ‘जितमा कुनै शंका छैन । कति मतको मार्जिनमा भन्ने मात्र हो ।’

उनले आफु विकास र समृद्धिको योजनाकार भएको उल्लेख गर्दै गोरखाली जनताले भारी मत दिने बिश्वास व्यक्त गरे ।

‘संविधान निमार्ण भई सकेकाले चुनावपछि देश विकास र समृद्धिमा प्रवेश गर्छ,’ उनको भनाई थियो । आफुले प्रधानमन्त्री र अर्थमन्त्री हुँदा पूरा गर्न नसकेका काम अब पुरा गर्ने समेत बताए ।