17 views 2 secs 0 comments

उपत्यका खानेपानी कार्यालयमा पुगेका ८ जना प्रर्दशनकारी पक्राउ

In News
२६ आश्विन २०८२, आईतवार २०:०६

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) कार्यालयअघि प्रर्दशन गर्न पुगेका आठ जना प्रदर्शनकारी पक्राउ परेका छन्।

आइतबार दिउँसो ‘भ्रष्ट कर्मचारी’लाई कारबाही गर्ने भनेर पुगेका प्रर्दशनकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

भीड जम्मा गरेर होहल्ला र पत्रकार सम्मेलन गर्ने भनेपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

‘१२/१३ जना व्यक्तिहरू कार्यालयमा पुगेर होहल्ला गरि कर्मचारीलाई काम गर्न दिइएको थिएन। त्यसमध्ये ८ जनालाई पक्राउ हौं,’ एसपी भट्टराईले भने।

पक्राउ परेका ८ जनालाई अहिले परिसरमा राखिएको उनले बताए।