कसले जारी गर्यो अनाधिकृत बिज्ञपति ?
प्रेम सुनार
गुल्मी , भदौ १२ । गुल्मी अस्पतालमा मङ्ग्लबार बिहान मृत्यु भएकी छानबिनको माग गर्दै गरिएको बिरोध प्रदर्शनका क्रममा दुई जना जलेर घाइते भएका छन ।
अर्घाखाचीकाे छत्रदेव गाउँपालिका-७ काउले निवासी राजेश मरासिनीकी ७ बर्षिया छोरी प्रशंसा मरासिनीकाे माङ्ग्लबार बिहान मृत्यु भएको र उनको मृत्युु नर्स र डाक्टरको लापरबाही बाट भएको भन्दै दिनैभर बिरोध प्रदर्शन भएको थियो । त्यही क्रममा साझ करिव ६ बजेको समयमा टायर बालेर बिरोध जनाउने क्रममा टायरमा छर्किने पेट्रोल दुई ब्यक्तिको शरिरमा पर्न ग ई उनिहरु घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा रेसुङ्गा नगरपालिका ६ का लक्षमण पाण्डे र ७ का कृष्ण पौडेल रहेका छ्न । उनिहरुलाई उपचारका लागि पाल्पा पठाइएको जनाइएको छ ।
छानबिन समिती गठन
यसै बिच बालिका मृत्यु घटनाको छानबिन समिती गठन भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा ५ सदस्यीय छानवीन समिती गठन भएको हो ।
आज दिनैभर मृतकका आफन्तजन सरोकारवाला बिच भएको छ्लफलमा मृत्यु घटनाको सत्यतथ्य छानविन गरिने र प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसिको नेतृत्वमा पोष्टमार्टम रिपोर्ट पछि अस्पतालमा सेवाग्राहीले उठाएको बेत्तिथिका बिषयमा निगरानी हुने र आफ्नो संयोजकत्वमा घठित समितिले मृत्यु घटनामा नर्स र डाक्टरहरुको लापरबाही भए नभएको निष्पक्ष चानबिन गरिने सहायक प्रजिअ गैरेले जानकारी दिए ।
कसले जारी गर्यो त्यो बिज्ञपति ?
आज साझपख गुल्मी अस्पतालको लेटर प्याडमा धेरै जना मानिसको हस्ताक्षर रहेको बिज्ञपति जारी भयो । जसमा मेसु डाक्टर राजेन्द्रबहादुर क्षेत्री माथी आन्दोलनकारीले हातपात गरेको भन्दै आकस्मिक सेवा बाहेक अन्य सेवा ब्स्न्द गर्ने लेखिएको थियो ।त्यसले आन्दोलनकारी र आम गुल्मेलीहरुलाई थप आक्रोषित पार्यो । त्यस पछि जिल्ला प्रशासनले अस्पताल बिकास समिती र डाक्टरलाई बोलाएर स्पष्टीकरण माग्यो । सहायक प्रजिअ गैरेले भने उप्त बिज्ञपति अस्पतालको आधिकारी बिज्ञपति नभएको भन्दै अर्को आधिकारिक बिज्ञपति निकालेर कुनै पनि प्रकारको सेवा बन्द नगर्ने भनिएको छ । सरकारी लेटर प्याड कसले प्रयोग गर्यो त ? यश बिषयमा पनि छानबिन हुनु पर्ने देखिएको छ । गुल्मी अस्पताल कयिपय राजनैतिक दलको ईसारामा चलिरहेको आरोप लगाईरहेको बेला त्यस्तो खालको बिज्ञपति कस्तो खालको तरङ्ग पैदा गर्ने नियतका साथ फेशबुकमा पोष्ट गरियो ? भन्ने सवाल पनि उठेको छ । गत केही बर्ष यता गुल्मी अस्पताल सिमित राजनैतिक दलको भर्ती र अर्थी केन्द्रको रुपमा चलिरहेको र त्यहाँ भित्रको अनियमिता र बेथितिको कुरा उठायो कि तर्सिने र अनेकन तिकडममा निकाल्ने गरेको सरोकारवालाहरु बताउछ्न । करोडौको स्वास्थ्य सामाग्री खरिदमा घोटालाको गन्ध आए पनि छानबिन गर्ने निकायका मानिस नै अस्पताल बिकास समितिमा रहेकोले गापचुप नै हुने गरेको नागरिक अगुवाहरुको आरोप छ । त्यस अस्पतालको यावत बिषय छानबिन गर्नु पर्ने सर्वसाधारण सम्मको माग छ ।