निर्मलाको हत्यारा खोइ …? ६ वर्षीय बालिकाको प्रचण्डलाई प्रश्न

In मनोरञ्जन
७ भाद्र २०८०, बिहीबार १०:५०

बर्षौ देखि रहस्यमय बनेको निर्मला पन्तको बलात्कार पछि हत्याको घटनाले आज पनि करोडौं नेपालीको मनमा प्रश्न उब्जिन्छन् । पटक पटक सरकार फेरियो तर यो घटनाको सत्य तथ्य पत्ता लगाउन कोहीपनि सफल बनेन …
अहिलेको सरकारले विभिन्न भ्रस्टचरका फाइल हरू खोली दोषी लाई कारबाही गरेको देखेर ६ वर्षीय बालिका झरना भुसालले प्रधानमन्त्री लाई निर्मला पन्तको हत्यारा खोजी दिय त्यो भन्दा ठूलो खुसी केही नहुने भन्दै अनुरोध गरेकी छन् ।
“निर्मलाको हत्यारा खोइ” नामक तीज गीतमा स्वर दिएकी बालिकाले, निर्मलाको हत्यारा खोइ कहिले छानबिन हुनेहो ?
हामी चेली कहिले सम्म यसै रुने हो …? भनेर गीत बाटै प्रश्न गरेकी छन् ।
कमल भुसाल चञ्चलको शब्द संगीत रहेको “निर्मला को हत्यारा खोइ” नामक तीज गीत अहिले टिक टिक लगायत सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
आफू सुरक्षित छु भन्ने ढुक्क विश्वास नभएका लाखौं नाबालिका हरू आज त्यसै घटना लाई सम्झिएर झस्किन्छन् ।
घटनालाई छानबिन गरी दोषी लाई कारबाही गर्न माग गर्दै यो गीत लाई सन्देश क्रियशन नेपालले “कमल भुसाल चञ्चल ” नामक युट्युब च्यानल बाट बजारमा लिएको हो ।