142 views 1 sec 0 comments

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

In Health
४ चैत्र २०७९, शनिबार ११:२९

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर
प्राय जसो भिभिन्न संघ संस्था र समुहले तिहारमा खेलेको देउसी भैलो बाट संकलित रकम पिक्निक र भ्रमण जस्ता कार्यक्रममा खर्च गरेको पाइन्छ । यसै बिचमा एउटा क्लबले भैलो तथा भिभिन्न कार्यक्रम बाट संकलित रकम सामाजिक काममा खर्च गरेको छ ।
चैतको पहिलो हप्ता शनिबारको दिन गुल्मी जिल्ला सत्यवती गाउँपालिकाको वडा नं ८ भार्सेमा थाप्ले क्लबको आयोजनामा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जहां सत्यवती गाउँपालिका जोहाङ गुल्मी र भार्सेली समाज हङकङको सह-आयोजकको रूपमा विशेष भूमिका देखिएको थियो ।
स्वास्थ्य शिविर कार्यक्रममा भार्से लगाएत छिमेकी गाउँहरू बाट पनि स्थानीयहरू स्वास्थ्य लाभ लिन आएका थिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रमका प्रमुख अथिति गाउँपालिका का प्रमुख टीकाराम पाण्डेले आफ्नो मन्तब्य राख्दै थाप्ले क्लबलाई यस्तो सामाजिक काम गरेकोमा धन्यवाद दिँदै , क्लबका अन्य कार्यक्रमहरु मा समेत हातेमालो गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
शिविरमा बुटवल बाट भिभिन्न डाक्टर, विषेशज्ञ तथा
रेडियोलोजीस्ट को उपस्थित थियो । भार्सेमै जन्मिनुभएका वरिष्ट रेडियोलोजीस्ट नेत्र राना ले कार्यक्रममा शुभकामाना दिँदै, अब भार्से लाहुरे को गाउँ मात्र नभएर , डाक्टर , जन्माउने ठाउँ पनि भएको बताउनु भएको थियो ।
डा. नर्मा थापा छन्तेल ( MDGP) , डा. नेत्र बहादुर राना ( बालरोग विषेशज्ञ ), डा. नेत्र राना (रेडियोलोजीस्ट), नरेन्द्र यादव ( जनरल फिजिसियन ), सन्दिप थापा ( छाला रोग विषेशज्ञ), सुबास कुमार श्रेष्ठ ( दाँत रोग विषेशज्ञ ) को उपस्थितिमा यस क्षेत्रका सेवाग्राहीहरुले भरपूर सेवा पाएका थिए ।
क्लबका अध्यक्ष नर ब. बुढाथोकीले आफ्नो जन्म ठाउँमा यस्तो कार्यक्रम गर्न पाउँदा सबै गाउँ सामाजका स्थानीयको आशीर्वाद मिलेको र अझै थप हौसला पाएको बताउनु भएको थियो । क्लबका सचिव विजय पुनले आजको कार्यक्रम यस क्षेत्रमा मात्र नभएर देशमै एउटा उदाहरण बन्नेछ भन्दै, आगामी दिनहरुमा यस क्षेत्रमा भिभिन्न सेवा मुलक कार्यक्रम ल्याउने बताउनु भएको थियो ।
कार्यक्रममा आउनु भएका अन्य जनप्रतिनिधिहरु, सेवाग्राही लगाएत अन्य कार्यक्रम सँग सम्बन्धित व्यतित्तोहरुले क्लबलाई धन्यवाद दिँदै निःशुल्क उपचार संगै औषधिको व्यवस्था मिलाएको मा आफूहरु क्लब प्रति गौरव गरेको बताएका थिए। निःशुल्क स्वास्थ्य शिविर ल्याएर सामाजमा ल्याएको यस कामले यस क्लबको सीर थप्ले को सिर झै सधैं उच्च बनोस्।
प्रकाश ढकाल : सन्देश नेपाल संवाददाता गुल्मी