
पाल्पा, भदौ १६ । केहिबेर अघि पाल्पाको जोर्तेमा स्कारपियो गाडी दुर्घटना हुँदा ६ जना घाईते भएका छ्न । बुटवलबाट रिडि तर्फ जादै गरेको लु १६ च ४३७३ नम्बरको स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते भएको पाल्पा प्रहरीले जनाएको हो ।
पाल्पाका प्रहरी प्रबक्ता डिएसपी बिरेन्द्र थापाका अनुसार गाडी घर्सिदै सडक देखि तल खसेको र ६ जना घाईते भएको जानकारी आए पनि नाम विवरण खुल्न बाकी छ । घाइतेको अबस्था पनि तानसेन स्थित अस्पताल ल्याए पछि थाह हुने डिएसपी थापाको भनाई छ । स्मरण रहोस केही दिन अघि त्यसै जोर्तेमा स्कारपियोलाई माथी बाट आएको पहिरोले पुर्दा ३ जनाको मृत्यु भएको थियो । ८ जना घाइते भएका थिए ।