684 views 0 secs 0 comments

सर्वोच्च अदालत परिसरमै बम, आजका सबै इजलास स्थगित

In देश, राजनीति, समाज
५ मंसिर २०७४, मंगलवार १४:५९

 

काठमाडौं, मंसिर ५ – सर्वोच्च अदालत परिसरमा बम फेला परेको छ । बम राखेको हल्ला चलेपछि आजका सबै इजलास स्थगित भएका छन् । पहिचान हुन नसकेका मानिसको समूहले बम राखेको प्रहरीले जनाएको छ ।

बम राख्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । बम राखेको पाइएपछि सर्वसाधारण आतंकित भएका छन् । बम डिस्पोज गर्न सेनाको टोली घटना स्थमा पुगिसकेको छ ।