701 views 0 secs 0 comments

 पहाडी र हिमाली भेगका केही क्षेत्रमा चट्याङसहित पानी र हिउँ पर्ने सम्भावना…

In देश
११ फाल्गुन २०७६, आईतवार १०:३७

आइतबार र साेमबार पहाडी र हिमाली भेगका केही क्षेत्रमा चट्याङसहित पानी र हिउँ पर्ने सम्भावना रहेको छ । 
जल तथा माैसम पूर्वानुमान महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ । अहिले देशभरि नै सामान्यदेखि आंशिक बादल लागेको छ ।
आइतबार दिउँसो घाम लागे पनि बेलुकीपख फेरि बादल लागेर पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय प्रणालीका कारण बादल लाग्नुको साथै पानी पर्ने र आउँदो बुधबारदेखि मात्र मौसम खुल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साेमबार पनि देशभर बादल लागेर काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।