चेल्सीले टोटनहमलाई पराजित…

In खेलकुद
११ फाल्गुन २०७६, आईतवार १०:२२

प्रिमियर लिगअन्तर्गत लण्डन डर्बीमा चेल्सीले टोटनहमलाई पराजित गरेको छ । शनिबार भएको खेलमा चेल्सीले टोटनहमलाई २-१ गोलले पराजित भएको हो ।
घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि ओलिभर जेरुड र मार्कोस अलन्सोले एक-एक गोल गरे । टोटनहमका लागि पनि चेल्सीका खेलाडी एन्टोनियो रुडीगरले आत्मघाती गोल उपहार दिए । खेलको १५ औं मिनेटमै जेरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ४८ औं मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । निर्धारित समयको अन्त्यतिर रुडीगरले आत्मघाती गोल गरे । जितपछि २७ खेलबाट ४४ अंक जोडेको चेल्सीले शीर्ष चारको सम्भावनालाई बढाउदै गएको छ । चौथो स्थानमा रहेको चेल्सीले पाँचौ स्थानमा रहेको टोटनहममाथि ४ अंकको अग्रता कायम गरेको छ । २७ खेलबाट ४० अंक रहेको टोटनहम पाँचौं स्थानमा छ ।