काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिड र बार्सिलोनाबीच आज साँझ प्रतिस्पर्धा हुँदैछ। रियलको घरेलु मैदान सान्टिएगो बेर्नाबेउमा बेलुकी पौने ६ बजे प्रतिस्पर्धा हुने भएको छ।
दुवै टिममा रहेका विश्वकै उत्कृष्ट खेलाडीको प्रतिस्पर्धा भएकाले चर्च धेरै रहेको छ । खेललाई रियलका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीको भिडन्तको हुदै छ ।
विश्वभरका लाखौं फुटबलप्रेमीको ध्यान तान्न सफल यी दुई महारथीबीचको भिडन्तले स्पेनिस ला लिगामा त झनै ठूलो अर्थ राख्ने गर्छ । हालसम्म १६ खेल खेलेको बार्सिलोना ४२ अंकसहित तालिकाको पहिलो स्थानमा छ भने १५ खेल खेलेको रियल म्याड्रिड ३१ अंकहित तालिकाको चौथो स्थानमा छ ।