भारतको सात प्रकारका औषधि प्रतिबन्धित

In शिक्षा, समाज, स्वास्थ्य/जीवनशैली
८ पुष २०७४, शनिबार १४:०१

काठमाडौं । औषधि व्यवस्था विभागले भारतको श्री वैद्यनाथ आयुर्वेद भवन प्रालिले उत्पादन गर्ने सात प्रकारका चूर्ण नेपाली बजारमा बिक्री गर्न रोक लगाएको छ ।

विभागको अनुगमन टोलीले संकलन गरेका औषधिको नमूना परीक्षण गर्दा न्यून गुणस्तरको पाइएपछि ती औषधिको बिक्री रोकी बजारबाट तुरुन्त हटाउन निर्देशन दिएको हो ।

विभागका आयुर्वेद शाखा प्रमुख डा. प्रकाश ज्ञवालीले ती औषधि हटाउन औषधिका आयातकर्ता र तिनका आधिकारिक प्रतिनिधिका नाममा सूचना निकाली जानकारी गराइएको बताउनुभयो ।

वैद्यनाथ कम्पनीका उत्पादन व्रजाक्षर चूर्ण (३० ग्राम), सारस्वत चूर्ण, अभिपत्तिकर चूर्ण, लवणभाष्कर चूर्ण (६० ग्राम), सितोपलादी चूर्ण (६० ग्राम), पञ्चष्कर चूर्ण (६० ग्राम) र पुश्यानुग चूर्ण (केशरयुक्त) न्यून गुणस्तरका पाइएकाले विक्रिमा बन्देज लगाइएको हो ।