
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति ओेर्लेन्सलाई उसैको मैदानमा २–१ गोलले हराउँदै पीएसजी अन्तिम आठमा पुगेको हो ।
पीएसजीको जितमा इडिन्सन काभनीले ४१र्आैं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि ओेर्लेन्सका जोसेफ लोपेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । पीएसजीले ८१औं मिनेटमा निर्णायक गोलगर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । पीएसजीका मेसुवा डियावेले गोलगर्दै टोलीको जित सुनिश्चित पारे ।
फ्रेन्च लिगको उपाधितर्फ उन्मुख पीएसजी अहिले निकै फर्ममा देखिएको छ । लिगको शीर्ष स्थानमा रहेको पीएसजी दोस्रो स्थानमा रहेको लिलेभन्दा १० अंकले अगाडी छ ।
पीएसजीले १६ खेलबाट ४४ अंक बनाउँदा लिलेले १८ खेलबाट ३४ अंक बनाएको छ । पीएसजीे च्याम्पियन्स लिगको अन्तिम १६ मा इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेड प्रतिद्वन्द्वी पाएको छ । प्रिमियर लिगमा खराव प्रदर्शन गरिरहेको युनाइटेड अहिले तनावमा छ । मंगलबार मात्र युनाइटेडले प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेको थियो ।