माथिस डी लिग्टलाई भित्र्याउन बार्सिलोनाले ठूलै दौडधुप …

In खेलकुद
३ श्रावण २०७६, शुक्रबार १२:४६

युवास्टार माथिस डी लिग्टलाई भित्र्याउन बार्सिलोनाले ठूलै दौडधुप गर्‍यो । अन्य क्लब पनि थिए उनको पछि । तर डच क्लब आयाक्सका कप्तान डी लिग्ट जोडिए, युभेन्टसमा ।

विशेषगरी बार्सिलोना उनलाई भित्र्याउन चाहन्थे । यसको लागि प्रक्रिया पनि अघि बढाएको थियो । तर, उनी ६७.५ मिलियन पाउण्डमा विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो रहेको टिम युभेन्टसमा पुगे ।