मेस्सी बनाए यस्तो कीर्तिमान

In खेलकुद
२४ पुष २०७४, सोमबार ११:२४

एजेन्सी । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले ला लिगामा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानमा बराबरी गरेका छन् । आइतबार राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोनाबाट चारसयौँ खेलमा गोल गर्दै मेस्सीले जर्मन क्लब बार्यन म्युनिखका पूर्व स्ट्राइकर जेर्ड मुलरले बनाएको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

अहिले ३९ वर्षका रहेका मुलरले बार्यनबाट तीन सय ६५ गोल गर्दै युरोपका शीर्ष पाँच लिगमा एकै क्लबमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका थिए ।मेस्सीले आइतबार राति लेभान्टेसँगको खेलमा १२ औँ मिनेटमा गरेको गोल ला लिगामा उनको तीन सय ६५ औँ गोल थियो । उनले यो गोलसँगै मुलरको कीर्तिमानमा बराबरी गरेका छन् ।