पोखरा पल्टनलाई पीपीएलको उपाधि

In खेलकुद
२० कार्तिक २०७५, मंगलवार १६:३३

काठमाडौं- पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि पोखरा पल्टनले हात पारेको छ। चितवन राइनोजले दिएको १६१ रनकाे लक्ष्य १९.२ ओभरमा पुरा गर्दै पाेखराले उपाधि हात पारेको हो। पोखरा पल्टनका विनोद भण्डारीले ६ बलमा ४ रन आवश्यक रहेको अवस्थामा चौका प्रहार गर्दै निर्णायक जित दिलाएका हुन्। पोखरा पल्टनका लागि रवीइन्द्र सिंहले सर्वाधिक ९० रन बनाए। विजेता टोलीले २७ लाख नगद प्राप्त गर्ने छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन जोडेको थियो।

चितवनका लागि कप्तान पारस खड्काले अर्धशतकीय पारी खेल्दै ३७ बलमा ९ छक्का प्रहार गरे। खड्काले ५१ रन जोडेका थिए। यस्तै सन्नी पटेलले उत्कृष्ठ ब्याटिङ गरे। उनले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन जोडे। अनिल कुमार शाह ३७ रन बनाए भने आरिफ शेख १४ रनमा अविजित रहे।

पीपीएल

पोखरा_पल्टन

उपाधि