फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्ससँग प्रतिस्पर्धा…

In खेलकुद
२७ बैशाख २०७६, शुक्रबार १२:३०

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि आज दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ ।
भिसखापट्नाममा आज राति ७ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा दुबै टिम जित हात पार्दै फाइनलमा पुग्ने लक्ष्यमा हुनेछन् । यी दुई टिमको विजेताले फाइनलमा उपाधिका लागि मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।