
एजेन्सी। भारतकी ब्याडमिन्टन खेलाडी ज्वाला खुट्टाले पनि आफ्नो ‘मी टू मोमेन्ट’ शेयर गरेकी छन्। बलिउड र मिडियामा जारी यो अभियानमा ज्वाला गुट्टाले एक खेलाडीका रुपमा आफ्नो अनुभव शेयर गरेकी हुन्। यद्यपी उनले आफू यौन दुव्र्यवहारको सिकार भने हुनु नपरेको बताइन्। उनले आफ्नो जब मानिसक शोषण हुँदै गयो त्यही कारणले आफ्नो करियार बर्बाद भएको बताएकी छन्।
१४ पटक राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन भइसकेकी ज्वाला गुट्टाले ट्वीटमार्फत यस्तो खुलासा गरेकी हुन्। ट्वीटमा उनले कुनै चीफलाई उल्लेख गरेकी छन्। जो शायद ब्याडमिन्टन एशोसिएशन अफ इण्डियका (बाई) को अध्यक्ष हुन सक्छन्।
ज्वालाले ट्वीटमा लेखेकी छन्–२००६ मा ती व्यक्ति चीफ बनेका थिए। मलाइ राष्ट्रिय च्याम्पियन भएपनि राष्ट्रिय टीमबाट बाहिर निकालेका थिए। अन्तिम पटक म रियोबाट आएपछि मलाइ राष्ट्रिय टीमबाट बाहिर निकालियो, त्यसपछि मैले खोल्छ छोडेँ।’
वीके शर्मा जब ब्याडमिन्टन एशोसिएशन अफ इण्डियाका अध्यक्ष थिए तब कयौं पटक ज्वाला विवादका कारण घर आएकी थिइन्। उनले एशोसिएशनमाथि भेदभाव गरेको आरोप लगाएकी थिइन्।