बार्सिलोना सेमिफाइनलमा…

In खेलकुद
४ बैशाख २०७६, बुधबार १२:४४

सुपर स्टार लियोनल मेस्सीले लगातार दुई गोल गरेपछि स्पेनिस पावर हाउस बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान क्याम्प नोउमा मंगलबार राति भएको खेलमा र्बािर्सलोनाले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले हरायो । पहिलो लेगमा युनाइटेडलाई उसैको मैदानमा १–० गोलले हराएको बार्सिलोना समग्रमा ४–० गोलले विजयी भयो ।
बार्सिलोनाको सहज जितमा कप्तान मेस्सीले दुई तथा फिलिप कोउटिन्होले एक गोल गरे । खेलको सुरुवातदेखिनै आक्रामक बनेको बार्सिलोनाका लागि मेस्सीले १६औं मिनेटमा खाता खोले । मेस्सीले २०औं मिनेटमा ब्यक्तिगत दोस्रो गोलगर्दै टोलीको अग्रता दोब्बर बनाए । ६१औं मिनेटमा कोउन्हिोले गोल गरेपछि बार्सिलोना जित नजिक पुगेको थियो । कोउटिन्होले जोर्डी अल्वाको पासमा उत्कृष्ट गोल गरेका थिए ।
खेलभर घरेलु टोलीको दबाब झेलेको युनाइटेडले खासै प्रभाव देखाउन सकेन । युनाइटेडको मैदानमा गत साता खेलिएको पहिलो लेगमा बार्सिलोनाले आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो । क्याम्प नोउमा बार्सिलोनालाई हराउने योजना सहित गएको युनाइटेड अन्ततः फिका सावित भयो ।