
आइपिएलमा राजस्थान रोयल्सका ब्याट्सम्यान जोश बटलरलाई ‘मांकडिङ’ रनआउट गराएका किंग्स ११ पंजाबका कप्तान रविचन्द्रन अश्विन संकटले घेरिँदै गएका छन् । अश्विनले बलरतर्फको इण्डमा रहेक बटलरलाई आफूले बल फाल्न लाग्दा केही अगाडि बढेपछि रनआउट गराएका थिए । उनले क्रिकेटको नियम अनुसार नै बटलरलाई रनआउट गरेकोले उनीमाथि कारवाही हुने छैन । तर, उनले खेल भावनामा आघात पुर्याएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । यसले अश्विनको घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट करिअर नै समाप्त पार्न सक्छ । उनीमाथि कारवाही नभए पनि उनको व्यवहारका कारण उनलाई सभ्य रुपमा सजाय दिइने खतरा बढेको छ ।
यस विषयमा आइपिएलका अध्यक्ष राजीव शुक्लाले ट्वीटरमा लेखेका छन् ‘आइपिएल फ्रेन्चाइजी टिमका कप्तान र म्याच रेफरी यस किसिमको रनआउट (मांकडिङ)को विरुद्ध थिए । कसैले पनि ब्याट्सम्यानलाई यसरी आउट नगर्ने एउटा बैठकमा तय भएको थियो जुन बैठकमा महेन्द्रसिंह धोनी र विराट कोहली पनि उपस्थित थिए । बैठकमा आइपिएल अध्यक्षको रुपमा म पनि उपस्थित थिएँ । खेल भावनाको सम्मान गर्दै यो निर्णय भएको थियो । जहाँसम्म मलाई याद छ यो बैठक कोलकातामा भएको थियो ।’ हेर्नुहोस् राजीव शुक्लाको ट्वीट –