893 views 0 secs 0 comments

महिलालाई जिउँदै खाए आफैंले पालेका कुकुरले…

In विश्व
१३ चैत्र २०७५, बुधबार १८:१५

अमेरिकामा एक महिलालाई उनैले पालेका २ कुकुरले जिउँदै खाएका छन् । महिलाले दुवै कुकुरलाई लिएर अस्पताल गएकी थियन्। उनी कुकुरसँग अस्पतालको एक्सरसाइज एरियामा उभिइरहेका बेला दुवै पिटबुल कुकुरहरुले एक्कासी उनीमाथि आक्रमण गरे ।
घटनाको खबर पाउनासाथ पुलिस तत्कालै घटनास्थलमा पुग्यो तर कुकुरहरुको आक्रामक पारा देखेर महिलाको नजिक पनि जान सकेन । अन्ततः दुवै कुकुरलाई गोली हानेर मारियो र महिलालाई अस्पताल पुर्याइयो । तर, त्यतिबेलासम्म महिलाको मृत्यु भइसकेको डेलीमेलको रिपोर्टमा उल्लेख छ ।
टेक्सासको डरविनकी ३३ वर्षीया जोहाना विल्लाफेनले पालेको पिटबुलले कसैलाई टोकेको थियो । त्यसपछि उनी दुवै कुकुरलाई लिएर ओ कोन्नोर एनिकल हस्पिटल गएकी थिइन् । गएको शनिबार उनी आफ्ना दुवै कुकुरलाई लिएर अस्पतालको एक्सरसाइज एरियामा उभिएकी थिइन् ।
त्यहीबेला उनका दुवै कुकुरले उनीमाथि नै झम्टिए । त्यहाँ भएका मानिसहरुले पुलिसलाई खबर गरे । घटनास्थल पुगेको पुलिस पनि कुकुरको आक्रामक रवैया देखेर महिलाको नजिक जान सकेन । अन्ततः महिलालाई बचाउन पुलिसले दुवै कुकुरलाई गोली हानेर मार्यो।
महिलालाई तत्कालै पार्क ल्याण्ड अस्पताल पुर्याइएको थियो तर त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो । अहिले महिलाका छिमेकीले उनका कुकुरको व्यवहारको बारेमा धेरै कुराहरु बताएका छन् ।