अर्जेन्टिनामा दोस्रोपटक तोडियो मेस्सीको सालिक

In खेलकुद
१९ मंसिर २०७४, मंगलवार ११:४८

एजेन्सी, मंसिर १९
विश्व फुटबलका स्टार लिओनल मेस्सीको प्रतिमा तोडफोड भएको छ । अर्जेन्टिनाको राजधानी ब्युनेस एयरसमा राखिएको मेस्सीको काँसको पूर्णकदको सालिक अराजक समूहले तोडफोड गरेको स्थानीय प्रहरीले जनाएको छ ।

यो सालिक गतवर्ष मात्रै अनावरण गरिएको थियो । तर, दुई वर्षकै बीचमा मेस्सीको सालिक दुईपटक तोडफोड भएको छ । अराजक समूहले सालिक गोली गाँठोभन्दा केही माथिबाट फुटाएर ढालेका छन् । मेस्सीको प्रतिमाको मुख्य भने भाग भुइँमा लडेको छ ।

यद्यपि, प्रहरीले तोडफोडको कारण भने थाहा नभएको जनाएको छ । र, उसले अनुसन्धान थालेको जनाएको छ ।

मेस्सीले गत अक्टोबरमा कठिन अवस्थाबाट अर्जेन्टिनालाई जिताउँदै विश्वकपमा पुर्याएका थिए । अर्जेन्टिनाका सञ्चारमाध्यमले तोडफोड भएको मेस्सीको प्रतिमाको तस्बिर ट्वीट गरेका छन् ।

गएको जनवरीमा पनि मेस्सीको पूर्ण कदको सालिकको प्रतिमा कम्मरबाट काटिएको थियो ।