महिला च्याम्पियन्स लिगमा काठमाडौंको पहिलो जित…

In खेलकुद
३० आश्विन २०७६, बिहीबार १७:५९

त्रिवि क्रिकेट मैदानमा आज भएको महिला च्याम्पियन्स लिग क्रिकेटको आफ्नो दोस्रो खेलमा काठमाडौंले पोखरालाई ८२ रनले पराजित गरेको हो । यसअघि हिजो भएको उद्घाटन खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको काठमाडौंले आफ्नो दोस्रो खेलमा जित दर्ता गर्न सफल भएको हो । १५३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पोखरा पल्टनले १६.५ ओभरमा सबै विकेटको क्षतिमा ७० रन मात्रै बनाउन सकेपछि काठमाडौंले सहज जित हात पारेको हो । कप्तान सीता रानामगरले १७ र विन्दु रावलले १३ रन बनाए पनि अन्य खेलाडी सस्तैमा आउट भए । काठमाडौंका लागि सरस्वती कुमारी र अप्सरी बेगमले समान २-२ विकेट लिन सफल भए हुन्।