१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै…

In खेलकुद
४ पुष २०७८, आईतवार ०९:१२

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् ।
खेल बङ्गलादेशको ढाकामा दिउँसो पौने तीन बजे सुरु हुनेछ । नेपालको ३ खेलमा ७ अङ्क छ ।
समान अङ्क भए पनि गोलअन्तरका आधारमा बङ्गलादेश पछाडि छ । भारतको तीन खेलमा ६ अङ्क छ । आज बराबरी खेले मात्र पनि नेपाल फाइनलमा पुग्नेछ । पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई ६–० र तेस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो ।