
१३औं दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सार्वजनिक गरेको खेल तालिका अनुसार पुरुषतर्फ पाँच देश सहभागी क्रिकेटमा नेपालले पहिलो खेल डिसेम्बर ३ तारिख श्रीलंकासँग खेल्ने भएको हो ।
नेपालले दोस्रो खेल डिसेम्बर ५ मा भुटान र ६ मा माल्दिभ्स र ७ तारिखमा बंगलादेशसँग खेल्नेछ । राउन्ड रोविन लिगका आधारमा खेलाईने खेलमा शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । पुरुष क्रिकेट टियु मैदान कीर्तिपुरमा हुनेछ । साग क्रिकेटमा विश्वकै पावर हाउसको रुपमा परिचित भारत र पाकिस्तानले भाग लिएका छैनन् ।