रियलले जित्यो क्लब वर्ल्डकप

In खेलकुद
२ पुष २०७४, आईतवार ११:१६

पुस २, २०७४-क्रिस्टियानो रोनाल्डोले गरेको निर्णायक गोलको मदतले रियल म्याड्रिडले क्लब वर्ल्डकप जितेको छ । रोनाल्डोले ५३ औं मिनेटमा गोल गरे र रियल ग्रेमिओविरुद्ध १–० ले विजयी रह्यो ।

 पोर्चुगलका ३२ वर्षीय रोनाल्डोले फ्रि किकबाट गोल गरेका हुन् । रियलले क्लब वर्ल्डकप जितेको यो तेस्रो पल्ट हो र यससँगै सर्वाधिक यो प्रतियोगिता जितेको कीर्तिमानका लागि बार्सिलोनासँग बराबरी गरे ।

http://bit.ly/2CJU6vu