रियल र भ्यालेन्सिया विजयी

In खेलकुद
२४ मंसिर २०७४, आईतवार ११:३१

मंसिर २४, २०७४-स्पेनिस ला लिगाअन्तर्गत शनिबार लिगका शीर्ष टोली रियल म्याड्रिड र भ्यालेन्सियाले जित दर्ता गरेका छन् ।

रियलले सेभियालाई ५-० को फराकिलो अन्तरले हरायो । पहिलो हाफमै ५ गोल गरेको रियलका लागि क्रिस्टियानो रोनाल्डोले दुई तथा हाकिम अर्चाफ, टोनी क्रुर र नाचो फर्नान्डेजले १-१ गोल गरे ।

अर्को खेलमा भ्यालेन्सियाले सेल्टा भिगोलाई २(१ ले पराजित गर्यो । सिमोने जाजा र ड्यानी परेहोले विजयी टोलीका लागि गोल गरे । अन्य खेलमा डेपोर्टिभो ला कोरुनाले लेगानेसलाई १-० ले हराउँदा ऐबार र गेटाफेको खेल गोलरहित बराबरीमा सकियो ।

http://bit.ly/2A8TVIp