
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई भारतीय क्रिकेट किट्स निर्माता कम्पनी ट्वीस्टरले प्रायोजन गरेको छ ।
मल्ललाई ट्वीस्टरले दुई वर्षका लागि रु १० लाख भारतीय रुपैँया बराबरको प्रायोजन गरेको छ । मल्ल र ट्वीस्टरको तर्फबाट केयुर देसाईले यहाँ आज आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरे । मल्लले गत शनिबारदेखि एभरेस्ट प्रिमिएर लिगको खेलमा ट्वीस्टरको ब्याट प्रयोग गर्न थालेका छन् ।
यसअघि भारतको यू–१९ तथा प्रथम श्रेणीका खेलाडीलाई प्रायोजन गरेको ट्वीस्टरले पहिलो पटक अन्तर्राष्ट्रिय खेलाडीका रुपमा मल्ललाई प्रायोजन गरेको हो । सम्झौताअनुसार अब मल्लले खेल्ने सबै खेलमा ट्वीस्टरले उत्पादन गरेको ब्याट प्रयोग गर्नेछन् ।