
काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हेल्पलेस चिल्ड्रेन होम कीर्तिपुर नगरपालिका वडा नं. ६ चोभारस्थित आश्रमलाई सहयोग गरेको छ। उक्त आश्रममा अनाथ, असाहय, अपांग तथा विपन्न वर्गका बालबालिका करिब ३८ जना छन्।
उनीहरुको सुत्ने र बस्ने कोठामा कार्पेटको आवश्यकता भएकोले बैंकले कार्पेट र खाद्यपदार्थ दिई सहयोग गरेको जनाएको छ। बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले संस्थाका उपाध्यक्ष सुनिता साम्सोहाङलाई हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।