
काठमाडौँ — अन्तिम ७२ मिनेट दस खलाडीमा समेटिएर पनि संकटा क्लबले एन्फा कम्प्लेक्समा सोमबार जावलाखेल युथमाथि २–० को नतिजा निकाल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । त्यस्तै एपीएफ र हिमालयन शेर्पाले पनि ३–३ अंक जोडेका छन् ।पहिलो खेलमा सरस्वतीलाई १–० ले हराएको संकटा यो लिगमा सुरुका दुवै चरणमा जित हासिल गर्ने तेस्रो क्लब हो । यसअघि डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी र थ्रीस्टारले पनि निरन्तर जित दर्ता गर्दै अधिकतम ६ अंक जोडेका थिए ।पहिलो खेलमा सरस्वतीलाई १–० ले हराएको संकटा यो लिगमा सुरुका दुवै चरणमा जित हासिल गर्ने तेस्रो क्लब हो । यसअघि डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी र थ्रीस्टारले पनि निरन्तर जित दर्ता गर्दै अधिकतम ६ अंक जोडेका थिए ।