643 views 0 secs 0 comments

पाल्पामा ३१७ एचआइभी सङ्क्रमित फेला

In समाज
४ मंसिर २०७५, मंगलवार १३:०५

बेझाड पाल्पा। पाल्पा जिल्लामा ३१७ जना एचआइभी सङ्क्रमित फेला परेका छन्। आव २०७४/७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित बिरामी नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए।

सङ्क्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना बिरामी रहेका छन्। जिल्लाको मिसन अस्पतालबाट सङ्क्रमितले निःशुल्क एआरटी सेवा लिइरहेका छन्। जिल्लामा करीब ४१ जना एचआइभी सङ्क्रमित खुलेर हिँड्ने गरेका छन्।

विभिन्न लाञ्छनाका कारणले समाजमा सङ्क्रमित बिरामी खुल्न हिचकिचाउने गरेको पाइन्छ। सङ्ख्यागत हिसाबले खुल्नेको सङ्ख्या जिल्लामा न्यून रहेपनि विगतका वर्षको तथ्याङ्कलाई हेर्दा अहिले समाजमा खुल्नेको सङ्ख्यामा सुधार रहेको देखिन्छ।