
कमल भुसाल “चञ्चल” काठमाण्डौ ।
राष्ट्रिय संगीतकर्मी संघले बिगत २५ दिन देखि सुरु गरेको राहत बितरण अभियान पनि जारी रह्यो ।आजको राहत बितरण अभियान सस्थाका महासचिव तथा बिपद ब्यबस्थापन समितिका संम्योजक बिक्रम जङ्ग शाहको जन्म दिनको सुभकामना दिदै जन्म दिनप्रति समर्पित गर्दै राहत बितरणलाई जारी राखेर मनाइएको छ।
आजको अभियानमा महासचिव सहित उपाध्यक्ष अमृत खाती उपाध्यक्ष उमा श्रेष्ठ केन्द्रीय सदस्य सिर्जु अधिकारी सुमि श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो।आज करिब ४५ जना भन्दा बढीमा राहत बितरण भएको छ र आजसम्म ९२० जनामा राहत पुगेको छ। यो अभियानमा निरन्तर लागिपर्ने केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य प्रदेश र जिल्ला शाखा आजिबन सदस्य र सुभचिन्तक तथा सहयोगीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । सन्देश नेपाल !