
रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।
सेरिफलाई ३–० गोलले हराउँदै रियल मड्रिडले अन्तिम १६ मा स्थान पक्का गरेको हो । गएराति भएको खेलमा रियलका डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जीमाले एक/एक गोल गरे ।
यो जितसँगै समूह ‘डी’ मा रियल ५ खेलबाट १२ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ ।
यो समूहको अर्को खेलमा इन्टर मिलानले साख्तर डोनेस्कलाई २–० ले पराजित गर्दै नकआउट चरणमा पुगेको छ । इन्टरका लागि दुवै गोल इडेन जेकोले गरेका थिए । दोस्रो स्थानमा रहेको इन्टर मिलानको १० अङ्क छ ।