क्रिकेटर सन्दिपले अमेरिकाको भिसा पाए…

In खेलकुद
२८ श्रावण २०७६, मंगलवार १७:५५

नेपाली क्रिकेटर सन्दिप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । आज बिहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले अपरान्ह उनलाई भिसा दिएको हो । सुरुमा भिसा दिन अस्वीकार गरेको दूतावासले दिउँसो फेरि उनलाई बोलाएको थियो । सन्दिपले क्यारेबियन प्रिमियर लिग खेल्नको लागि जान भिसा मागेका थिए । सन्दिपले ट्वीटरबाटै भिसा पाएको जानकारी दिएका छन् ।