616 views 4 secs 0 comments

सार्वजनिक स्थलमा धूमपान रोक

In समाज
२ पुष २०७४, आईतवार ११:२१
पुस २, २०७४-जिल्लाको रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक स्थलमा धूमपान सेवनमा रोक लगाएको छ । धूमपान तथा सुर्ती सेवनबाट हुने मानवीय क्षति कम गर्नका लागि नगरपालिकाले हालै सार्वजनिक स्थलमा चुरोट, बिँडी, सुर्तीलगायतका धूमपान सेवनमा रोक लगाएको हो । सार्वजनिक स्थलमा धूमपान गरेको पाइएमा जनही पाँच सय जरिवाना गरिने रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।

http://kantipur.ekantipur.com/news/2017-12-17/20171217065859.html