227 views 0 secs 0 comments

दाङको तुलसीपुरमा भिरबाट लडेर एक जनाकाे मृत्यु…

In समाज
१२ मंसिर २०७८, आईतवार ११:३५

दाङको तुलसीपुरमा भिरबाट लडेर एक जनाकाे ज्यान गएकाे छ ।
भिरबाट लडेर तुलसीपुर-९ छिल्लीकोटका ६६ वर्षीय रामबहादुर पुनको ज्यान गएकाे हाे ।
घरबाट बिजौरीतर्फ भकारी बेच्न आएको र फर्कने क्रममा झुल्के सामुदायिक वनको चोरकाटे भिरबाट लडेर उहाँकाे ज्यान गएको पुनका छोरा प्रकाश पुनले जानकारी दिनुभयो ।
पुनको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको प्रहरीले जनाएकाे छ ।