
काठमाडौंकाे बत्तीसपुतलीमा शुक्रबार राती आगलागी हुँदा मुस्कान मिटसप जलेर नष्ट भएको छ ।
काठमाडौं नगरपालिका- ९ मा बस्ने कुमार श्रेष्ठको मासु पसलमा विद्युत सर्ट भई आगलागी हुँदा करिब २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको शान्ति श्रेष्ठले जनाएको छ।
आगलगीबाट पसलभित्र रहेका पैशा, मासु, भाँडावर्तनलगायत सबै समान जलेर नष्ट भएको श्रेष्ठले जनाएको छ । स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएकोले थप क्षति हुन नपाएको श्रेष्ठले जनाएको छ ।