
कक्षा १० मा अध्ययन गर्ने एक छात्रालाई होस्टेलमा बोलाएर यौन दुव्र्यहार गरेको आरोप लागेपछि बुटवल नहरपुरस्थित ज्ञानपुञ्ज बोर्डिङ स्कुलका पि्रन्सिपल तोयराम पौडेल २यौन दुर्व्यवहार भएको भनिएकी छात्राका आफन्तले विद्यालयमा नारा जुलुश र प्रदर्शन गरेपछि स्थानीय जनप्रतिनिधिकै उपस्थितमा विद्यालय सुचारु गर्ने र अदालतको फैसला नआउदासम्म विद्यालय र घटनालाई प्रभाव गर्ने गरी कुनै गतिविधि नगर्ने सहमति भएको थियो ।
तर, छात्राका आफन्तले पौडेललाई दोषी करार गर्दै संघर्ष समिति गठन, प्रदर्शन लगायतका गतिविधिलाई निरन्तरता दिएपछि प्रिन्सिपलका आफन्तले भीडको भरमा दोषी करार गर्न खोजेको गुनासो गरेका छन् ।
आरोपीबाट दुर्व्यवहार भए छानविन गरेर सत्य, तथ्य र प्रमाणका आधारमा कानुन अनुसार कारवाही हुनुपर्ने तर, घटनालाई अतिरन्जित गरेर विद्यालय र व्यक्तिलाई नै सिध्याउने गरी गतिविधि गर्न हुँदैन’ पौडेलका दाजु नुरदेवले भने ।
प्रिन्सिपल पौडेललाई रिहा नगर्न दबाव दिने भन्दै संघर्ष समिति नै बनेको छ, जसमा विभिन्न राजनीतिक दलका नेता र कार्यकर्ता छन् ।
संघर्षमा समितिले प्रर्दशन गर्दै आएको छ । संघर्ष समितिकी संयोजक होमाया गुरुङले भने मुद्दालाई कमजोर बनाउने काम हुन्छ कि भन्ने आशंकाले दबाव दिइएको बताइन् ।