
रसुवा – रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ गंगटे खोलामा पुरुषको लास फेला परेको छ। कुहिएको अवस्थामा फेला परेको लास पुरुषको भन्ने एकिन भएको प्रहरीले जनाएको छ ।
मृतकको अन्य पहिचान नखुलेको प्रहरी नायव उपरिक्षक सन्तोष तामाङले बताए। शवको पोष्ट मार्टमपछि थप विवरण आउने प्रहरीले जनाएको छ