13 views 0 secs 0 comments

माण्डु हाइड्रोपावरको नाफा तीन महिनामा १२ करोड ७२ लाख

In देश, बिचार, समाज
२२ कार्तिक २०८०, बुधबार ०९:४६

२२ कात्तिक, काठमाडौं ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माण्डु हाइड्रोपावरले १२ करोड ७२ लाख खुद नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा नाफा १३.३ प्रतिशत बढेको हो ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेको छ भने मर्मत संभार खर्च घटेको छ, जसले गर्दा नाफामा टेवा पुगेको देखिन्छ ।

कम्पनीले विद्युत् बिक्रीबाट गत वर्षको पहिलो त्रैमासमा २४ करोड ४० लाख आम्दानी गरेकोमा यो वर्षको पहिलो त्रैमासमा २५ करोड १० लाख आम्दानी गरेको छ ।