कुस्तीमा संगीताले जितिन् ऐतिहासिक स्वर्ण

In खेलकुद
२१ मंसिर २०७६, शनिबार १६:५७

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेल प्रतियोगितामा  नेपालकी संगिता धामीले स्वर्ण पदक जितेकी छन् । 
शनिबार जनकपुरमा भएका ५५ केजी तौल समूहमा भएको खेलमा धामीले बंगलादेशकी सकिरा रेनीलाई ५–१ ले पराजित गरिन् ।